दफा
परिषद्को काम कर्तव्य र अधिकार
: यस ऐनमा अन्यत्र लेखिएको कामको अतिरिक्त परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) प्रतिष्ठानबाट संचालन गरिने प्रशिक्षण तथा अनुसन्धान कार्यक्रम सम्बन्धी नीति निर्धारण गर्ने ।
(ख) प्रतिष्ठानको नियमावली बनाउने र विनियम स्वीकृत गर्ने ।
(ग) प्रतिष्ठानको दीर्घकालीन योजना स्वीकृत गर्ने ।
(घ) प्रतिष्ठानको वार्षिक कार्यक्रमको प्रगति सम्बन्धी समीक्षा एवं मूल्याड्ढकन गर्ने र बजेट स्वीकृत गर्ने ।
(ङ) समितिलाई आवश्यक निर्देशन दिने ।